काठमाडौं– सम्पत्ति शुद्धिकरण (एन्टी मनी लाउन्ड्रिङ) का कारण बैंकमा नयाँ व्यवस्था थपिन थालेको छ ।
राष्ट्र बैंकले बैंकको चेक जम्मा गर्न जानेसँग पनि सबै विवरण माग गर्नेछ।
राष्ट्र बैंकले एक महिना अगाडि दिइएको निर्देशन अनुसार बैंकहरुले कात्तिक १ गतेबाट चेक तथा नगद जम्मा गर्ने फारम नयाँ बनाउँदै आफ्नो आन्तरिक प्रणालीलाई पनि परिवर्तन गर्नु पर्ने भएको छ ।
नेपाल बैंकर्स संघले कात्तिक १ गतेबाट प्रणालीमा आवद्ध भएर जान गाह्रो हुने भन्दै त्यसपछिको ६ महिनासम्म समय दिन राष्ट्र बैंकसँग माग गरेको छ।
गोएएमएल सम्पति शुद्धिकरणसँग सम्बन्धित सफ्टवेयर हो। यसमा समावेस हुन बैंकहरुले आफ्नो ‘कोर बैंकिङ सिस्टम’ लाई अपग्रेड गर्नुपर्छ।
नियामकीय व्यवस्था र व्यवहारिक रुपमा समेत नभएको तथ्यांकहरु समेत गोएएमएलमा समाबिष्ट गर्नुपर्छ, जुन कुरा बैकहरुसँग अहिले छैन।
सम्पति सुद्धीकरणका लागि अन्तर्राष्ट्रियस्तरमा सूचनाहरु समाबिस्ट गरेर त्यसका आधारमा बलियो नियमन तथा सुपरिवेक्षण गर्न गोएएमएल नेपालमा पनि लागू भएको बताईएको छ ।
बैंकरका अनुसार नियमनकारी निकायले पनि नखोज्ने र बैंकलाई पनि आवश्यक नलागेको विवरणहरु गोएएमएलमा भर्नुपर्छ। नयाँ विवरण लागू भएको मितिको गर्न मिले पनि पूरानो विवरण बैंकहरुसँग छैन।
अहिले बैंकहरुले १० लाखमाथिको र शंकास्पद कारोबारको विवरण मात्रै राख्दै आएका छन्। र यो विवरण राष्ट्र बैंकलाई उपलब्ध गराउँछन्। अब भने सबै कारोबारको विवरण बैंकको कोर बैंकिङ सिस्टम हुँदै गोएएमएलमा राख्नु पर्ने छ ।
गोएएमएलमा जानका लागि चेक जम्मा गर्नेको नाम, ठेगाना, नम्बरदेखि अन्य विवरण पनि भर्नु पर्छ।
FACEBOOK COMMENTS