डि एन घिसिङ समाजशास्त्र सामाजिक जीवनको पाटोसँगसँगै सामाजिक विकास, सामाजिक संरचना र समाजसँग सम्बन्धित हर सन्दर्भसँग सरोकार राख्ने गर्दछ । खेल क्षेत्र विशेषतः सामाजिक विकासको उपज हो । खेलकुद क्षेत्र पनि समाजसँग जोडिने बिषय भएकाले यसलाई समाज शास्त्रिय दृष्टिकोणबाट हेर्न आवश्यक रहन्छ नै । जुन पारिवारिक जीवन, शिक्षा,पहिचान,राज्यको नीति, वस्तुगत स्थिति र अर्थव्यवस्थाका प्रक्रियाहरूमा संलग्न हुन्छ । समाजशास्त्र मूलतः समाजको अध्ययन मात्रै नभइ सामाजिक सम्बन्धको पर्याय पनि हो। सामाजिक अन्तरक्रिया, दैनिक जीवन, संस्कृति, मनोविज्ञान र संजाल अर्थात नेटवर्क विज्ञानका सिद्धान्तहरूमा आधारित हुन्छ। शारीरिक शिक्षाले मष्तिस्क र एकाग्रतामा सतर्कता ल्याउँछ, किनभने त्यो कुनै पनि शारीरिक क्रियाकलापको एउटा अनिवार्य र महत्वपूर्ण हिस्सा हो ।यसैको परिणामतः एकजना व्यक्तिको प्रतिक्रियाले उसको परिवार र समाज परिवर्तनमा भूमिका खेलेको हुन्छ ।
समाज शास्त्रीहरुका अनुसार मानवशास्त्र विषयले समेट्ने मोटामोटी क्षेत्रहरूमा सांस्कृतिक मानवशास्त्र, पुरातात्विक मानवशास्त्र, जैविक तथा शारीरिक मानवशास्त्र, भाषिक मानवशास्त्र, चिकित्सा मानवशास्त्र, अदालती अर्थात फरेन्सिक मानवशास्त्र, व्यवसायिक मानवशास्त्र, श्रव्य-दृष्य मानवशास्त्र, वातावरणीय मानवशास्त्र, सङ्ग्रहालय मानवशास्त्र, प्राकृतिक प्रकोप नियन्त्रण तथा जलवायु परिवर्तन सम्बन्धी मानव शास्त्र आदि रहेका छन्।
शारीरिक गतिविधि र गतिशील भिन्नताहरू तिनीहरूको सांस्कृतिक अभ्यासहरू हुन् । जसले विभिन्न सामाजिक उद्देश्यहरू प्रस्तुत गर्दछन् । र, समय–समयमा विभिन्न स्थानहरूमा फरक अर्थ पनि राख्छन् । किनकि यसलाई विभिन्न सामाजिक र सांस्कृतिक संरचना, ढाँचा, संगठन वा समुहमा संलग्नहरूबीचको सम्बन्धसँग सम्बन्धित देखाइएको छ ।
१९औँ शताब्दितिर खेल समाजशास्त्रको विषयमा चासो लिएको देखिन्छ । सन् १९७८ मा यो अध्ययन आवश्यक ठानेर संगठनसमेत निर्माण भएको थियो । नर्थ अमेरिकन सोसाइटी फर सोसियोलजी अफ स्पोर्टसले यस क्षेत्रको व्यापक अध्ययन र शोधसमेत गरेको थियो । यसले अध्ययनको क्षेत्रमा नयाँ आयाम ल्याएको पाइन्छ । सबै संस्कृतिका मानिसहरु सधैं चञ्चल शारीरिक गतिविधिहरुमा संलग्न रहेको र आफ्नो दैनिक दिनचर्या सामुहिक अनुष्ठानहरुको एउटा महत्वपूर्ण हिस्साको रूपमा प्रयोगमा रहेको तथ्यको आधारमा खेललाई समाजशास्त्रसँग जोडिएर हेरियो । खेल र समाजशास्त्रको सम्बन्धका बारेमा फरकफरक अनुसन्धानले सामाजिक प्रक्रियाका बारेमा एकरुपता रहेको तथ्य सार्वजनिक ग¥यो । समाजशास्त्रीहरूले ‘आधुनिक खेलहरू’का रूपमा पहिचान गरेका शारीरिक गतिविधिहरू १८औँ र १९औँ शताब्दीमा विपरीत दृष्टिकोणको आदानप्रदान (युक्तिवाद), औद्योगीकरण, लोकतन्त्र र शहरीकरण प्रक्रियाको संयोजनको सम्बन्धलाई समेत अगाडि सारेको अध्ययनले देखाएको छ।
खेल समाजशास्त्रले खेलकुदलाई शिक्षामूलक र समाजलाई मूल्यवान बनाउन सहयोग पु¥याउँछ । समाजशास्त्रले सामाजिक मूल्य र स्वस्थ सम्बन्धको महत्व सिकाउछ । खेल समाजशास्त्रले सामाजिक मूल्यहरूलाई अझ सुदृढ गर्दछ । संस्थागत, प्रतिस्पर्धामा आधारित र नियम–शासित स्वरुप ग्रहण गर्दै खेलमा शारीरिक गतिविधिमुलक कृयाले सामाजिक मुल्य बोक्न थालेको पाईन्छ । ततपस्चात खेलका विभिन्न रूपहरू निर्माण भएपछि तिनीहरू समाजमा विभिन्न प्रक्रिया र संरचनासँग सम्बन्धित भए । आज, खेलकुद समाजको सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिक पक्षको एउटा महत्वपूर्ण हिस्सा बनिसकेको छ ।
खेल प्रतियोगिताहरुले राष्ट्रको आर्थिक गतिविधिलाई पनि चलायमान बनाउने गर्दछ । पर्यटन व्यवसाय र खेलकुद क्षेत्रको महत्वपूर्ण सम्बन्ध छ । किनभने खेलकुद प्रतियोगिताहरुले पर्यटन क्षेत्रको प्रवर्दन गर्दछ । समाजमा खेलकुदले सामाजिक र आर्थिक मुद्दाहरूमा राम्रो प्रभाव पारेर राष्ट्रियताको जगेर्ना गर्ने र देशलाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न मद्दत पु¥याउँछ । संस्कृतिको कसीबाट हेर्ने हो भने पनि मानिसहरु सधैं चंचल शारीरिक गतिविधिहरुमा संलग्न रहेको बोध गर्न सकिन्छ । आफ्नो दैनिक दिनचर्या र सामूहिक अनुष्ठानको हिस्साको रूपमा पनि शारिरिक कृयाकलापलाई प्रमुखताका साथ हेर्न सकिन्छ। विश्वमा संगठित खेलको पहिलो उदाहरण सम्भवतः शारीरिक गतिविधिहरु र धार्मिक सहिष्णुता जस्ता गतिविधिको विभिन्न संयोजनको रूपमा देखा परेको छ। ती खेलहरू सामाजिक संरचनाहरू, सामाजिक सम्बन्धहरू, र तिनीहरूको समाजमा विश्वास प्रणालीसँग नजिकबाट जोडिएका थिए।
खेलकुद मार्फत सामाजिकरण
खेल गतिविधिमा संलग्न ब्यक्तिको प्राथमिकता पहिचान हुने गर्दछ। सामान्यतया, खेलले व्यक्तिको चरित्र, सम्बन्ध, विचार र भावनाहरूलाई मात्र हैन संस्कृती र सामाजिकरण गर्ने कुरामा समेत महत्व बोक्ने गर्दछ । आधुनिक खेल गतिविधिले अन्तरदेशिय सु-सम्बन्ध स्थापित गर्न र संस्कार- संस्कृती अदली बदली गर्नमा भूमिका खेल्ने गरेको पाईन्छ । सामाजिकीकरण एक त्यस्तो प्रक्रिया हो जसबाट व्यक्ति परिचित हुन्छ र सामाजिक संसारको पारस्परिक सम्बन्धहरूमा आफूलाई ढाल्ने वा भनौ अनुकूल तुल्याउने गर्दछ ।
परम्परा र संस्कृती
संस्कृती र व्यक्तित्व एकअर्काको एकल अस्तित्व र प्रभावभन्दा पनि पारस्परिक अस्तित्वको रुपमा निर्माण भएका हुन्छन् । प्रकृतिअनुरुपको चालचलन बानी व्यवहारको अनुशरण गरी खेलले संस्कृतीको विकास गर्दछ । युगीन संस्कृतिदेखि आजको आधुनिक युगको समाजभित्रको संस्कृतीका आफ्ना आफ्नै विशेषता भए पनि मानव र संस्कृती एक अर्काका परिपूरक रहेकोले खेल गतिविधिलाई समाज परिवर्तनको संवाहक मानिएको छ।
भावना र खेलहरू
खेलकुदमा अर्को महत्त्वपूर्ण पक्ष भावना हो । जुन खेलाडीहरूमा प्रदर्शनको स्व-मूल्यांकन र अपेक्षाहरू प्रतिबिम्बित गर्ने काम भावले गर्दछ । र भावको विकाससँगै भावनाहरू सृजना हुन्छ। व्यक्त गरिएका केही भावनाहरू प्रदर्शन पूर्व नै अनुमान गरिएको पनि हुन्छ । अर्थात खेलको पूर्वानुमान लगाउने गरिन्छ । यसरी खेल अपेक्षाको उत्तेजनाको साथ सुरु हुन्छ । एक विस्फोटित भावनात्मक अवस्थाले खेलाडीलाई उक्साउँदछ र यस क्रममा खेलाडीमा समाजिक मौलिकता झल्कने गर्दछ ।
FACEBOOK COMMENTS