काठमाण्डौँ — नेपाल विद्युत् प्राधिकरण र फेदीखोला हाइड्रोपावर कम्पनीबीच विद्युत् खरिद बिक्री सम्झौता भएको छ ।
प्राधिकरणका उपकार्यकारी निर्देशक जगदीश्वरमान सिंह र कम्पनीका अध्यक्ष चन्द्रप्रसाद वास्तोलाले आइतबार उक्त सम्झौतामा हस्ताक्षर गरे।
कम्पनीले भोजपुर जिल्लाको साल्पासिलिचो गाउँपालिकामा निर्माण गर्ने उक्त आजोजनाबाट उत्पादित विद्युत् अपर इखुवा खोला जलविद्युत् र त्यसपछि संखुवासभाको सितलपाटीमा बन्ने २२० केभी सबस्टेसनमा जोडिने छ ।
उक्त आयोजनाले २०७९ फागुन ३० गतेबाट बिजुलीको व्यापारिक उत्पादन गर्नेछ।
— नागरीक
FACEBOOK COMMENTS