काठमाण्डौँ — यस वर्षको रुस्लान ‘नेपाल नेक्स्ट सुपरस्टार’ २०१८ को उपाधि पुरुषतर्फ धिरज रसाईली र महिलातर्फ करिस्ना श्रेष्ठले जितेका छन् ।
थ्रिडी नेपाल र एमपी इभेन्टस् एण्ड इन्टरटेन्मेन्टको संयुक्त आयोजनामा रुस्लान ‘नेपाल नेक्स्ट सुपरस्टार’ २०१८ को प्रथम संस्करणमा १३ पुरुष र १२ महिला प्रतिस्पर्धीहरुलाई पछि पार्दै प्रतियोगितामा धिरज र करिस्नाले नेपाल नेक्स्ट सुपरस्टारको उपाधी जित्न सफल भएका हुन् ।
सोमबार साँझ काठमाडौंको न्यूरोड, बिशाल बजारस्थित सासा इभेन्ट भेन्यूमा सम्पन्न उक्त कार्यक्रम फेशन शोको शैलीमा टप ८, टप ५ र अन्तिम चरण गरि प्रतिस्पर्धीहरु स्टेजमा विभिन्न प्रस्तुतीहरुका साथ स्टेजमा उत्रिएका थिए ।
सनिस शाक्यको कोरियोग्राफीमा कुल २५ जना प्रतियोगीहरुलाई १ महिनासम्म बिभिन्न तालिम तथा कार्यशालाहरु मार्फत प्रशिक्षण गरिएको थियो ।
प्रतियोगिताको संयोजन जवान रञ्जित र सुनिल गुभाजुले गरेका हुन् ।
FACEBOOK COMMENTS