काठमाडौँ, अशोज २९ – धनगढीमा ‘लिक’ भएको अवस्थामा ग्यास बाल्दा भएको विस्फोटमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु भएको छ । बुधबार बिहान धनगढी उपमहानगरपालिका वडा नम्बर-८ मा ग्यास विस्फोट हुँदा गम्भीर घाइते भएकी ६५ वर्षीया बिर्मादेवी विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बिर्माको उपचारकाक्रममा काठमाडौंमा मृत्यु भएको जानकारी दिनुभयो ।
प्रहरीकाअनुसार घाइते अवस्थामा रहेका मृतकका श्रीमान् हरिलाल विष्ट र उनकी नातिनीको अवस्था भने खतरामुक्त छ ।
उनीहरुको पनि काठमाडौंमै उपचार भइरहेको निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक विष्टले बताउनुभयो ।
FACEBOOK COMMENTS