काठमाडौं, ०१ कार्तिक – इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार शिवचन्द्र सहनी चार लाख रुपैयाँ घुससहित शुक्रबार पक्राउ परेका छन्।
हिरासतमा रहेका व्यक्तिलाई धरौटीमा छुटाइदिन सहयोग गरेवापत घुस मागिरहेको विशेष सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले हवल्दार सहनीलाई पक्राउ गरेको हो।
सहनीसँगै उनकी श्रीमती निर्मला केवट पनि पक्राउ परेको अख्तिया प्रवक्ता तारानाथ अधिकारीले बताए।
उनीहरूलाई उक्त रकम लिइसकेको अवस्थामा सियारी गाउँपालिका-७ खनाल मिठाइ पसलनजिकबाट रंगेहात पक्राउ गरिएको अधिकारीले बताए।
FACEBOOK COMMENTS