काठमाण्डौँ — निर्माणाधीन विराटनगर बनथाह रेल्वे लिकमा रेलको इन्जिन परीक्षण गरिएको छ
भारतको वथनाहाबाट विराटनगर –१८ स्थित बुधनगरमा आइतबार दिउँसो रेलको इन्जिन परीक्षण गरिएको हो।
पहिलोपटक विराटनगर आएको रेललाई स्थानीयले ताली बजाएर स्वागत गरेका थिए।
बथनाहा— कटहरी रेल मार्गको लम्वाई १८ किलो मिटर रहे पनि पहिलो चरणमा ८ किलो मिटर रेलमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ।
न्यू विजी रेललाईन परियोजना प्रमुख नागेन्द्रकुमारले बथनाहा–बुधनगर ८ किलोमिटर खण्डको भने १२ डिसेम्वरमा उद्घाटन गर्ने योजनारहेको जानकारी दिए।
रेलमार्ग निर्माण गर्न ४ अर्ब रुपैयाँ लाग्ने अनुमान छ।
— नागरीक
FACEBOOK COMMENTS