काठमाण्डौं – नेपाल विद्युत प्राधिकरणले तिहारमा आफ्नो उत्पादन केन्द्र र साइट नछाड्न विद्युत् उत्पादन, सञ्चालन सम्भार विभाग मातहतका कर्मचारीलाई निर्देशन दिएको छ ।
विगतमा कनिष्ठ कर्मचारीलाई निमित्तको जिम्मेवारी दिएर विद्युत् केन्द्र प्रमुख, शाखा प्रमुख र इन्जिनियरहरु कार्यस्थल (साइट)मा नबस्ने गरेको भन्दै प्राधिकरणले चाडपर्वमा विद्यत केन्द्रहरुको अहम भूमिका हुने भएकाले आफ्नो जिम्मेवारी पन्छाएर नहँड्नि निर्देशन दिएको हो ।
आफ्नो केन्द्रबाट हुने विद्युत् उत्पादन, सञ्चालन र सम्भार हरेक गतिविधिमा जिम्मेवार, जवाफदेही र संवेदनशील भएर तालुक निकायका पदाधिकारीसँग निरन्तर सम्पर्कमा रहन निर्देशनमा भनिएको छ ।
– नागरीक
FACEBOOK COMMENTS