काठमाण्डौ, २३ मंसिर – आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमै पहिलो पटक I.M.E. LIFE 360-Your Virtual Assistant नामको च्याटबोट प्रयोगमा ल्याएको छ । कम्पनीले आफ्ना बीमित, अभिकर्ता र सरोकालवाला व्यक्ति तथा संघ संस्थालाई सूचना प्रविधिको प्रयोगमार्फत सेवा प्रवाह गर्न च्याटबाेटलाई प्रयाेगमा ल्याएको हो ।
यो सेवा कम्पनीको वेब साइटमा उपलब्ध रहेको छ । यसबाट बीमित र अभिकर्ता प्रत्यक्ष रूपमा लाभान्वित हुने कम्पनीले जनाएको छ । साथै बीमासँग चासो राख्ने बीमाको बारेमा बुझ्न चाहने, कम्पनीको बारेमा बुझ्न चाहने व्यक्ति संस्थाले समेत यसबाट सेवा प्राप्त गर्न सक्नेछन् ।
च्याटबोट सेवामार्फत् बीमितले आफ्नो बीमाशुल्क भुक्तानी सम्बन्धी जानकारी लिनुका साथै बीमाशुल्क भुक्तानी तरिका, इच्छाएको व्यक्ति, मोबाइल नं. परिवर्तनको जानकारी लिन सकिने र अनुरोध पठाउन सकिने छ । यसैगरी दाबी भुक्तानी प्रक्रिया, अभिकर्ता कमिसन, बैंक खाता, प्यान नं., मोबाइल नं अद्यावधिक गर्ने, नयाँ अभिकर्ता बन्ने र अभिकर्ता इजाजतपत्र नवीकरण प्रक्रियासम्मको जानकारी यसै च्याटबोटमार्फत्त तत्कालै प्राप्त गर्न सक्ने कम्पनीले जनाएकाे छ ।
यो सेवा सञ्चालनमा आएसँगै कम्पनीका बीमित, अभिकर्ता र कम्पनीसँग सरोकार राख्ने सम्पूर्ण व्यक्ति, संस्थाले आफ्नो महत्वपूर्ण समय बचत गरी घर, अफिस वा जुनसुकै स्थानबाट कम्पनीले प्रदान गर्ने सेवा अन्तर्गतको जुनसुकै समस्या वा जिज्ञासा च्याटबोटमार्फत् राखेर तत्कालै समाधान पाउन सक्नेछन्।
FACEBOOK COMMENTS