काठमाडौं, मंसिर २६ – लिंग-आधारित हिंसा २०२० विरुद्ध १६ दिने सक्रियता मनाउदैं (२५ नोभेम्बर देखि १० डिसेम्बरसम्म) जोन्टा क्लब काठमाडौंले दुवै औपचारिक र अनौपचारिक क्षेत्रमा काम गर्ने महिलामा हुने हिंसा अन्त्य गर्न जनचेतना जगाउने अभियान आयोजना गरेको थियो । उक्त अभियान आज सफलतापूर्वक सम्पन्न भएको आयोजक संस्थाले जानकारी दिएको छ ।
यस अभियानका लागि जोन्टा क्लब काठमाडौंले नेपाल चेम्बर अफ कमर्स एन्ड इंडस्ट्रीज, अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ), माइग्रेसनका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम) र पौराखी नेपाल, कुमारी बैंक लिमिटेड र रोयल थाई दूतावास नेपालसंग सहकार्य गरेको थियो । “अरेन्ज द वल्र्डः फन्ड, रेस्पोन्ड,प्रिभेन्ट र कन्ट्रोल” “हिंसा र उत्पीडनबाट मुक्त कार्यको विश्वः एक अधिकार र एक दायित्व”, नारा संग यस अभियानले काम गर्न सुरक्षित र सुव्यवस्थित वातावरणको आवश्यकता, पिडित महिलाहरूसम्म पुग्ने तरिकाहरु र पिडितहरुको आवाज सुन्नका लागि रिपोर्टिंग प्रणालीलाई सजिलो बनाउनु पर्ने कुराहरुमा प्रकाश पारेको थियो ।
यस अभियानको उद्घाटन नेपाल सरकारको महिला, बालबालिका र वरिष्ठ नागरिक मन्त्रालयका मन्त्री लीलानाथ श्रेष्ठको उपस्थितिमा भएको थियो । अभियानको क्रममा जोन्टा क्लब काठमाडौंले तीन भर्चुअल प्यानल छलफल आयोजना ग¥यो, जहाँ विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूले जीबीभी, मनोवैज्ञानिक र आर्थिक प्रभावहरू बिरूद्ध जागरणको आवश्यकता र महत्व प्रकाश पारे र विशेष गरी विश्वमा हिंसा र उत्पीडनको बढ्दो घटनाहरूको समाधान खोज्न आवश्यक रहेको बताए । एचआर प्रोफेशनलहरूका लागि भर्चुअल प्रशिक्षण पनि आयोजित गरिएको थियो जसको उद्देश्य उनीहरूलाई कार्यस्थलमा नीति बनाउने र कार्यान्वयन गर्ने आवश्यकतालाई बुझ्न र यसलाई सुरक्षित र हिंसा र उत्पीडनबाट मुक्त बनाउनको लागि मद्दत पु¥याउने रहेको थियो ।
भर्चुअल कार्यक्रममा ५०० भन्दा बढी व्यक्तिहरू सहभागी भए र फेसबुक लाइभ ८ हजार भन्दा बढिले हेरेका थिए । अभियानमा ठूलो संख्यामा दर्शकहरूको सहभागिता रह्यो, र राम्रो सफलता पायो । अभियानको एक हिस्साका रूपमा कार्यस्थलमा हुने हिंसा र उत्पीडन अन्त्यका लागि सचेतनाका स्टिकरहरू निर्माण र वितरण गरियोः सुरक्षित आप्रवासनको आवश्यकतामा केन्द्रित महिला आप्रवासी कामदारहरूलाई लक्षित गर्दै रेडियो कार्यक्रम र जिङ्गलहरू पनि बजाइयो । यस बाहेक, मिडिया व्यक्तित्व, माल्भिका सुब्बाले आधिकारिक फेसबुक पेजमा “महिला प्रवासी मजदूर जीवन रक्षा र सफलता डायरी” शीर्षकमा प्रवासी महिलाहरुसंग उनीहरुको संर्घष र सफलताहरूका बारेमा चारवटा विभिन्न सत्रहरू आयोजना गरिन् ।
व्यापक जागरूकताका लागि कार्यस्थल उत्पीडन अन्त्यका सन्देशहरू युनाइटेड वर्ल्ड ट्रेड सेन्टरमा डिसेम्बर १०, २०२० मा पनि प्रदर्शन गरिएको थियो । अभियानको अन्त्यमा जोन्टा क्लब काठमाडौंकी अध्यक्ष जोनशियन सीमा गोल्छाले भन्नुभयो, “जोन्टा क्लब काठमाडौं लिंग—आधारित हिंसा २०२० को बिरूद्ध १६ दिने सक्रियताको सम्पन्न गर्न पाउँदा निकै खुसी छौं, जसको उद्देश्य जागरूकता जगाउन र महिलाहरुका लागि कार्यस्थलमा सुरक्षित र मैत्रीपूर्ण वातावरण निर्माण गर्न प्रभाव पार्नु थियो । यस अभियानलाई सफल बनाउन सहकार्य र समर्थनका लागि सम्मानित साझेदार संगठनहरूप्रति आभारी छौं । दुबै औपचारिक र अनौपचारिक क्षेत्रमा महिला श्रमिकहरूले भोगेका हिंसा र असुरक्षाको बारेमा जनचेतना जगाउनुका साथै अधिकार र प्रावधान तथा उपलब्ध समर्थन संयन्त्रका बारे सबैलाई जानकारी गराउनु महत्वपूर्ण छ ।
जोन्टा क्लब काठमाडौं कानुनी रुपमा दर्ता भएको गैर नाफामुलक सरकारी संस्था हो जसले महिलाहरुको स्तर उन्नतिका लागि काम गरिरहेको छ ।
यो क्लबमा विभिन्न पृष्ठभूमिका ५४ सदस्यले प्रतिनिधित्व गरिरहेका छन् जो सामाजिक सक्रियतावादी, बैंकर, उद्यमी, डाक्टर, वकिल, आर्किटेक्ट, व्यवसाय नेतृत्व र प्रोफेशनलहरु छन् ।
महिला हिंसाको विरुद्ध कडा वकालक गर्नुका साथै जोन्टाले महिला सशक्तिकरण गर्ने उद्देश्यका लागि जागरुकता र वकालतलाई मजबुद अंशको रुपमा लिन्छ ।
FACEBOOK COMMENTS