काठमाडौँ, मंसिर २७ – कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला कोरोना संक्रमित भएका छन् । शुक्रबार गरेको पीसीआर रिपोर्टमा उनलाई कोरोना पुष्टि भएको हो
सिटौलाले आफूलाई कोरोना पोजीटिभ देखिएकाले पार्टीको आकस्मिक बैठकमा आउन नसकेको जानकारी पार्टी केन्द्रीय कार्यलयका मुख्य सचिव कृष्ण पौडेललाई जानकारी गराएका थिए ।
पार्टीका पूर्व केन्द्रीय सदस्य समेत रहेका प्रजातन्त्रका सेनानी श्यामलाल श्रेष्ठको निधनामा कांग्रेसले शोक प्रस्ताव पारित गरेको छ । आज बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले शोक प्रसताव पारित गरेको हो । उनको शुक्रबार ८० वर्षको उमेरमा निधन भएको थियो ।
प्रजातान्त्रिक आन्दोलन र सघर्षका क्रममा ११ बर्ष जेल जीवन बिताएका श्रेष्ठको निधनमा कांग्रेसले तीन दिन पार्टीको झन्डा झुकाउने र मंसिर २८ गते केन्द्र र मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय समेत गरेको छ ।
FACEBOOK COMMENTS