काठमाडौं, पुस २६ –हिमालयन बैंक लिमिटेडको नयाँ शाखा दोलखा जिल्लाको चरिकोटमा विस्तार भएको छ ।
बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा चरिकोटमा यही १९ गतेदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको हो । बैंकले उक्त शाखाबाट ग्राहकहरुलाई अत्याधुनिक बैङ्किग सुविधाहरु उपलब्ध गराउनेछन् ।
यस शाखाका साथै हाल बैंकको कुल शाखा संख्या ७० र विस्तारित काउन्टर संख्या ४ पुगेको छ भने एटिएमको संख्या १४६ र ४२०० भन्दाबढी पिओएस टर्मिनल्स संख्या पुगेको छ ।
FACEBOOK COMMENTS