काठमाडौँ, २४ माघ – सरकारले पछिल्लो २४ घण्टामा मुलुकभर थप ९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।
शनिवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार २७ सय ९४ वटा पीसीआर परिक्षण गर्दा ९९ जनामा कोरोना संक्रमण देखिएको हो । जसमा ४२ जना महिला र ५७ जना पुरुष रहेका छन् ।
यससँगै कूल संक्रमितको संख्या २ लाख ७१ हजार ८ सय ६ पुगेको छ।
साथै पछिल्लो २४ घण्टामा २४८ जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै निको हुनेको कूल संख्या २ लाख ६७ हजार ८ सय १२ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाभाइरस शुन्य रहेको छ। हालसम्म कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या २०३५ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
FACEBOOK COMMENTS