काठमाण्डौं– माछापुच्छ्रे बैंक लि., यूकेएड सक्षम र हेफर इन्टरनशसनल नेपालको एक औपचारिक कार्यक्रमबीच संयुक्त सहकार्यमा ग्रामीण क्षेत्रमा रहेका महिला उद्दमी तथा कृषकहरुलाई आफ्नो जीवनस्तरमाआर्थिक सुधारका लागि सरलीकृत लघुकर्जा दिने सम्बन्धी सम्झौताभएको छ ।
उक्त सम्झौतापत्रमा बैंककातर्फबाट प्रमुखकार्यकारी अधिकृत सुमन शर्मा, यूकेएड सक्षमको तर्फबाट टिम लिडर निर्मल दाहाल र हेफर इन्टरनेशनल नेपालको तर्फबाट राष्ट्रिय निर्देशक डा. शुभ नारायण महतोेले संयुक्त रुपमा हस्ताक्षर गरे ।
उक्तकार्यक्रममा बोल्दै शर्माले यस सहकार्यबाट देशभरका १४ वटा जिल्लाबाट महिला उद्दमी, कृषक तथा साना उद्दमीलाई बिनाधितो सरलीकृत कर्जा प्रदानगरिने बताए ।
साथै, बैंकले कुल ४,३०० कृषक एवं महिला उद्दमीलाई ऋण प्रवाहगर्ने, ३,०००को संख्यामाखाताखोल्ने, देशभरका विभिन्न क्षेत्रबाट वित्तीय साक्षरताप्रदानगर्ने, शाखारहित सेवा केन्द«को विस्तार गर्ने तथा नेपालमै पहिलो पटक नौलो कर्जा सेवा“किसान के्रडिट कार्डर्”को सेवाप्रदानगर्ने उद्देश्य समेत राखेको बताएका छन् ।
बंैकले ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ३९शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १२६ स्थानबाट सम्पुर्ण बंैकिङ्ग सुबिधाप्रदान गरीरहेको छ ।
सक्षमयूकेएडको वित्तीय सहयोग प्राप्त एक्सेस टु फाइनान्स कार्यक्रम हो । यसलाई नेपालमा डिफिड नेपालकालागि लुइस बर्जरले विभिन्न स्थानीय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँगको साझेदारीमा कार्यान्वयन गर्दै आएको छ ।
हेफर ईन्टरनेशनल नेपाल साना किसानहरुको दिगो बिकासमा अग्रणी भुमिका खेल्ने अन्तराष्ट्रिय गैर सरकारी संस्थाको रुपमा परिचित छ । हालसम्म हेफरले बाख्रा तथा दुग्ध मूल्य श्रृंखलामा आधारित उद्यमहरु मार्फत नेपालका ४१ जिल्लाका २ लाख ५० हजार भन्दा बढी गरीब तथाउत्पीडित परिवारहरुलाई सहयोग पुप्याइको छ ।
FACEBOOK COMMENTS