काठमाडौं, चैत १२ – नेपाली बजारमा सामसङ ग्यालेक्सी ए३२ सार्वजनिक गरिएको छ । पछिल्लो समय ‘ए’ सिरिजमा लगातार नयाँ स्मार्टफोन ल्याइरहेको सामसङले किफायती मूल्यमा आकर्षक फिचरसहित ए३२ ल्याएको बताएकाे छ ।
यो फोन ६४ मेगापिक्सेक्ल क्वाड क्यामेरासहित उपलब्ध भएको छ । ९० हर्ज रिफ्रेस भएको फोनमा ६.४ इन्चको फुल एचडी प्लस एमोलेड स्क्रिन रहेको छ ।
यो फोनमा ५ हजार एमएएचको शक्तिशाली ब्याट्री छ । ६/१२८ जीबी भेरियन्टमा उपलब्ध यो फोनको मूल्य नेपाली बजारमा ३१,९९९ रुपैयाँ रहेको छ । याे फाेन ब्ल्याक, ब्ल्यु र भायाेलेट कलरमा खरिद गर्न सकिन्छ ।
यस्ताे छ फिचर
Feature Galaxy A32 Display 6.4” FHD+ Infinity-U sAMOLED 90 Hz Rear Camera 64MP + 8MP (Ultra Wide) + 5MP (Macro) + 5MP (Depth) Front Camera 20MP Processor Mediatek Helio G80 (Octa Core 2.0GHz + 1.8GHz) Battery (Charging) 5000mAh With 15W Fast charging Memory 6/128GB
FACEBOOK COMMENTS