काठमाण्डौं — सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले भिभिआइपीका लागि भनेर खरिद गरेको हेलिकोप्टरले दुर्गम गाउँमा सुत्केरी हुन नसकेका महिलालाई समेत बोक्ने भन्दै त्यसको बचाउ गरेका छन्।
त्यो हेलिकोप्टरले भिभिआइपीमात्रै बोक्दैन, दुर्गम गाउँमा सुत्केरी हुन नसकेका महिलालाई उपचारका लागि ल्याउँने उनले बताए ।
उनका अनुसार सो हेलिकोप्टरलाई गृह मन्त्रालयको निर्णयबिना अरुले सञ्चालन गर्न नपाउने व्यवस्था पनि गरिएको बताए।
सरकारले उपचारबाट वञ्चित भएका सुत्केरी हुन नसकेका महिलाको उद्धार हेलिकोप्टरबाट गर्ने निर्णय गरिसकेको जानकारीसमेत मन्त्री बास्कोटाले दिए।
— नागरीक
FACEBOOK COMMENTS