काठमाडौं, चैत १८ –डिजिटल क्युआर इ–मेन्यु ‘सजिलो डाइन’ बजारमा आएको छ। यसमार्फत् विना वेटर आफूलाई आवश्यक मेन्यु अर्डर गर्न सकिन्छ।होटल तथा रेस्टुरेन्टमा नास्ता गर्न जाने ग्राहकलाई सहज गराउन यो इ–मेन्यु ल्याइएको हो। साथै सर्भिस कम्पनीलाई पनि सजिलो हुन्छ।
ग्राहकले आफ्नो टेवलमा रहेको क्युआर कोडलाई मोबाइलमा रहेको जुनसुकै क्यूआर स्क्यानरले स्क्यान गर्न सक्छन्। यसबाट होटलका मेन्यूहरु आफ्नै मोवाईलमा देख्न सकिन्छ।यससँगै चाहेको परिकार तत्कालै अर्डर गर्न सकिन्छ। अर्डर मेन्युको मूल्य पनि त्यही देखिन्छ।ग्राहकले गरेको अर्डर सफ्टवयरको माध्यमबाट सिधैँ सर्भिस दिने कम्पनीको एड्मिन र किचनमा पुग्छ। यसबाट वेटर पर्खनु पर्ने झन्झटबाट मुक्त पाउन सकिन्छ। समयको बचत पनि हुने कम्पनीको भनाइ छ।
यो काठमाडौंका विभिन्न सय बढी होटल तथा रेस्टुरेन्ट तथा पे.पे पिज्जाका सबै शाखामा संचालनमा आइसकेको छ। इ–मेन्यूको हाल बजारमा अत्यावश्यक माग थियो।
FACEBOOK COMMENTS