काठमाण्डौं – राजनीतिक स्थीरताका कारण नेपालमा वैदेशिक लगानी ह्वात्तै बढेको छ ।
हालसम्म २ खर्ब ६८ अर्ब ९२ करोड रुपैयाँ वैदेशिक लगानी भित्रिएको उद्योग विभागले बताएको छ ।
वैदेशिक लगानीमा धेरै रकम उर्जा क्षेत्रमा भित्रिएको छ ।
आर्थिक वर्ष ३७ अर्ब ९१ करोड ३४ लाख रुपैयाँ लगानी भित्रिएको छ ।
यो अघिल्लो वर्षको तुलनामा ९ सय १८ प्रतिशतले बढी हो । अघिल्लो वर्ष ऊर्जा क्षेत्रमा ३ अर्ब ७२ करोड ६० लाख रुपैयाँ वैदेशिक लगानी भित्रिएको थियो ।
यसैगरी कृषि तथा वनजन्य क्षेत्रमा ६ सय ४९ प्रतिशतले वैदेशिक लगानी बढेको छ । आर्थिक वर्ष ०७४र७५ मा यस क्षेत्रमा २ अर्ब १६ करोड ६० लाख रुपैयाँ वैदेशिक लगानी भित्रिएको छ । अघिल्लो आर्थिक वर्षमा भने कृषि तथा वन क्षेत्रमा २८ करोड ९० लाख रुपैयाँ मात्रै लगानी भित्रिएको थियो ।
सूचना प्रसार तथा सञ्चार प्रविधिको क्षेत्रमा पनि वैदेशिक लगानीको वृद्धिदर राम्रो देखिएको छ । अघिल्लो वर्ष ८ करोड ८७ लाख रुपैयाँ लगानी भित्रिएकोमा ५ सय ५९ प्रतिशले वृद्धि भएर आर्थिक वर्ष २०७४र७५ मा ५८ करोड ५० लाख रुपैयाँ लगानी भित्रिएको हो ।
उतपादनमूलक क्षेत्रमा यस अवधिमा ८ अर्ब ८७ करोड ५४ लाख ३ हजार रुपैयाँ लगानी भित्रिएको छ । यो अघिल्लो वर्षको तुलनमा १ सय १४ प्रतिशतले बढी हो ।
अघिल्लो वर्ष यस क्षेत्रमा ४ अर्ब १३ करोड ९५ लाख रुपैयाँ लगानी भित्रिएको महाशाखा प्रमुख बस्नेतले बताए । उनका अनुसार यस अवधिमा निर्माण, सेवा मूलक तथा पर्यटन क्षेत्रसँग सम्बन्धित क्षेत्रमा भने लगानी घटेको छ ।
FACEBOOK COMMENTS