काठमाडौं, वैशाख ७ – नयाँ भेरियन्टसहितको कोभिड–१९ (कोरोनाभाइरस) महामारीको संक्रमण बढ्दै गएको भन्दै काठमाडौंमा सवारीसाधन सञ्चालनमा नयाँ नियम लागू गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मंगलबार बसेको बैठकले मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले गरेको निर्णय कार्यान्वयन प्रभावकारी ढंगले गर्ने निर्णय भएको हो । जसअनुसार सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, सबै यात्रुलाई मास्क अनिवार्य गर्ने, सवारी साधनको ढोकामा र सवारी साधनभित्र सेनिटाइजरको व्यवस्था गर्ने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जानकारी दिए
FACEBOOK COMMENTS