काठमाण्डौँ — नेपालमा हवाई यात्रुको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।
सन् २०१८ को १० महिनामा अन्तर्राष्ट्रिय र आन्तरिकतर्फ ५८ लाख ४३ हजार हवाई यात्रु पुगेका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको २० औं वार्षिकोत्सव कार्यक्रममा महानिर्देशक सञ्जीव गौतमले हवाई यात्रुको संख्यामा उल्लेख्य वृद्धि भएको जानकारी दिए ।
गौतमका अनुसार आन्तरिकतर्फ २३ लाख ८ सय ५५ हवाई यात्रुले सेवा लिएका छन् भने अन्तर्राष्ट्रियतर्फ ३५ लाख ४२ हजार ५ सय ७८ हवाई यात्रुको संख्या पुगेको छ ।
जसमा गत वर्षभन्दा आन्तरिकतर्फ १५.४५ प्रतिशतले वृद्धि भएको छ भने अन्तर्राष्ट्रियतर्फ १३.८५ प्रतिशतले बढेका छन् ।
प्राधिकरण स्थापनाको २० औं वार्षिकोत्सव कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले प्राधिकरणको सेवा र नियामक निकाय छुट्याइने बताए ।
यस्तै सन् २०१८ मा ११ लाख पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
यो संख्या सन् २०१७ को भन्दा १ लाख ६० हजारले बढी हो ।
— कारोबार
FACEBOOK COMMENTS