काठमाडौं – सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणका प्रशासन तथा अनुमति शाखा प्रमुख पुरुषोत्तम खनाललाई निमित्त कार्यालय प्रमुखको जिम्मेवारी दिएको छ ।
मन्त्रालयले बुधबार खनाललाई प्रशासनिक र आर्थिक अधिकार प्रयोग गर्ने गरी कार्यालय प्रमुख तोकिएको पत्र दिएको हो ।
अब उनले प्राधिकरणको अध्यक्षले प्रयोग गर्ने अधिकार सरहको अधिकार प्रयोग गरी दैनिक प्रशासनिक कार्य सञ्चालन गर्न पाउनेछन् । योसँगै प्राधिकरणको बार्षिक कार्यक्रमहरु पनि खनालले कार्यन्वयन गर्न सक्नेछन् । तर, प्राधिकरणको बोर्ड बैठक राख्ने अधिकार भने खनाललाई दिइएको छैन ।
प्राधिकरणका अध्यक्ष दिगम्बर झाले राजीनामा दिएपछि सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्राधिकरणमा अध्यक्ष पछि दोस्रो हैसियत बरिष्ठ निर्देशक आनन्दराज खनाललाई मन्त्रालयल तानेर तेस्रो हैसियतका वरिष्ठ निर्देशक एवं प्रशासन तथा अनुमति शाखा प्रमुख रहेका खनाललाई अर्को व्यवस्था नभएसम्मको लागि निमित्त प्रमुखको जिम्मेवारी दिएको हो ।
FACEBOOK COMMENTS