काठमाडौं । काठमाडौं उपत्यकास्थित तीनै जिल्ला प्रशासनहरुले निषेधाज्ञालाई खुकुलो तुल्याउँदै सरकारी कार्यालय र बैंक तथा वित्तिय संस्थालाई आलोपालो प्रणाली अनुसार चल्न दिने निर्णय गरेका छन् ।
आइतबार बसेको उपत्यकाका तीन जिल्लाका सीडीओको बैठकले यस्तो निर्णय गरेको हो ।विकास निर्माण र सार्वजनिक सेवासँग सम्बद्ध सरकारी निकायले न्यूनतम जनशक्ति मात्र प्रयोग गरि संचालन अनुमति पाएका छन् ।
बैंक, वित्तिय संस्था, धितोपत्र, बीमा, रेमिट, सहकारी, गैरसरकारी संस्थाहरुलाई न्यूनतम जनशक्तिबाट भीडभाड कम हुने गरी वैकल्पिक उपाय अवलम्वन गरी संचालन गर्न अनुमति दिने निर्णय भएको छ ।
FACEBOOK COMMENTS