काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाटै बहुप्रतिक्षित राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको उद्घाटन गरेका छन् ।
ओलीले आज सोमबार भर्चुअल माध्यमबाट आयोजनाको उद्घाटन गरेका हुन् । कुल ४५६ मेगावाट क्षमताको सो आयोजनाको पहिलो युनिटबाट ७६ मेगावाटको पहिलो युनिट बिजुली उत्पादन आजदेखि औपचारिक रुपमा शुरू गरिएको छ ।
आयोजनामा ७६.७६ मेगावाट क्षमताका ६ वटा युनिट छन् । भदौ महिनाभित्रै सबै युनिटबाट पूर्ण क्षमतामा बिजुली उत्पादन गर्ने लक्ष्य छ । स्वदेशी लगानीको निर्माण सम्पन्न भएको यो सबैभन्दा ठूलो आयोजना हो ।
FACEBOOK COMMENTS