काठमाडौं । असार १ गतेबाट बन्द गरिएको मेलम्ची आयोजनाको पानी काठमाडौं आउन अझै तीन महिना लाग्ने भएको छ । असार १ गते राति आएको बाढीका कारण क्षति पुगेकाले पानी फेरि काठमाडौं ल्याउन कम्तिमा तीन महिना लाग्ने मेलम्ची खानेपानी विकास समितिले जानकारी दिएको छ ।
बाढीको क्षतिका कारण मेलम्ची आयोजनास्थल पुग्ने बाटो नै बिग्रिएकाले सबै कुराको व्यवस्था गरी असोज महिनाको अन्तिमसम्म पानी काठमाडौं ल्याउन गरी काम गरिरहेको समितिले जनाएको छ। पहिले सुरुङसम्म पुग्ने वातावरण बनाएर त्यसपछि सुरुङ परीक्षण तथा सफाइ गरेपछि मात्रै पानी सुरुङ पठाइने समितिले जानकारी दिएको छ ।
करिब साढे २ महिना परीक्षणका लागि छाडिएको पानी असार १ गते बन्द गरिएको थियो । सोही दिन त्यस क्षेत्रमा भीषण बाढी आएपछि खानेपानी आयोजनाको संरचनामा समेत क्षति पुगेपछि अनिश्चित बनेको हो ।
FACEBOOK COMMENTS