काठमाडौँ — नेपाल टेलिकमले प्रतिसेयर ५५ रुपैयाँका दरले सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने भएको छ।
काठमाडौंमा सम्पन्न भएको कम्पनीको एघारौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७४र०७५ को मुनाफामध्येबाट प्रतिसेयर ५५ रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
लाभांश रकम माघ १ गतेदेखि वितरण गरिएको कम्पनीले जनाएको छ।
साधारणसभामा ९१ प्रतिशतभन्दा बढी सेयरधनीहरुको उपस्थिति रहेको बताइएको छ।
गुणस्तरीय सेवा तथा सेवाको सहज उपलब्धतामार्फत बजार हिस्सालाई मजबुत गर्न तथा व्यावसायिक उद्देश्य हासिल गर्न कम्पनी निरन्तर सेवाको संख्यात्मक विस्तार र गुणात्मक सुधारमा प्रतिबद्ध रहेको बताइएको छ ।
— नागरीक
FACEBOOK COMMENTS