काठमाडौँ ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कोरोबारको चौथो दिन आज बुधबार झिनो अंकको बृद्धि भएको छ । हिजो मंगलबार नेप्से १६.३४ अंकले बढेर दुई हजार आठ सय ७१ दशमलब ०३ विन्दुमा पुगेको थियो । आज नेप्से १.१ अंकले बढेर दुई हजार आठ सय ७२ दशमलब ५ विन्दुमा पुगेको छ भने ५ अर्ब ६५ करोड ४५ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये पाँच समूह बढेका छन् भने अन्य समूह घटेका छन् ।
नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्यमा भएको छ । शेयरमूलय बढ्ने कम्पनीहरुमा हिमालयन पावर पार्टनर, नेपाल फाइनान्स लिमिटेड र कालिका पावर कम्पनी रहेको छ ।त्यस्तै, आज ६ कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् भने कारोबारको आधारमा आज सबैभन्दा बढी गुँरास फाइनान्स कम्पनीको भएको छ । यस कम्पनीको आज २९ करोड भन्दा बढीको कारोबार भएको छ ।
FACEBOOK COMMENTS