काठमाडौं । अहिले निजी क्षेत्रका अधिकांश संघसंस्थाहरू उद्योगी व्यवसायीका लागि कोरोना भाइरसविरुद्धको खोपमा प्राथमिकता खोजिरहेका छन् भने केही संस्थाहरू कोरोनाका कारण भएको क्षति कम गर्न प्याकेजमा राहतको माग गरिरहेका छन् ।
तर, निजी क्षेत्रको अग्रणी संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) भने विशिष्ठ सदस्य पशुपति मुराकाको एउटा उद्योगले तिर्न बाँकी नतिरेको १ अर्ब ११ भन्दा बढी विद्युत्् महसुलमा छूट दिलाउन रुवावासी गर्दै हिँडिरहेको छ । केही समयअघि प्रधानमन्त्रीलाई भेटेर बक्यौदा महसुलमा छूट माग्दै हिँडेको महासंघको प्रतिनिधिमण्डलले अहिले नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसाललाई मन्त्रालयमै भेटेर यसबारे अनुनयविनय गरेका छन् ।
भेटवार्तामा क्रममा महासंघका तर्फबाट ट्रङ्क तथा डेडिकेडेट लाइन विद्युत् महसुल मिलाईदिन मन्त्री भुसालसँग आग्रह गरिएको छ । विशेषगरी महासंघका विशिष्ट सदस्य समेत रहेका अर्घाखाँची सिमेन्टका मालिक पशुपति मुरारकाको समस्यालाई साथ दिन महासंघका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्षहरू अञ्जन श्रेष्ठ, रामचन्द्र संघाईसहितको टोली मन्त्रालयमा पुगेको थियो । मुरारकाको उक्त उद्योगले १ अर्ब ११ करोड रूपैयाँ विद्युत् महसुल तिरेको छैन ।
यो पनि पढ्नुहोस्–
FACEBOOK COMMENTS