काठमाडौं– प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृतमा अशोक शेरचन दोस्रो कार्याकालका लागि पुनः नियुक्त भएका छन्।
उनी चार बर्षका लागि नियुक्त भएका हुन्। उनको कार्यकाल आगामी माग १८ गते सकिँदै थियो।
उनी प्रभु विकास बैंक र किष्ट बैंक मर्जरका बेला नायव प्रमुख कार्यकारी थिए। शेरचनसँग एनसिसि बैंक, एनबी बैंक, प्रभु फाइनान्स, प्रभु विकास बैंक हुँदै प्रभु बैंकसम्म २१ बर्षको बैंकिङ गरेको अनुभव छ।