काठमाण्डौँ — सरकारले वितरण गर्ने अनुदानको चामल नै महँगोमा बिक्री भएको छ ।
खाद्य संस्थानले हुम्ला, डोल्पा र काठमाडौंमा बिक्री गर्ने जापानी अनुदानको चामल निजी व्यापारीकोभन्दा महँगो भएको हो ।
संस्थान स्रोतका अनुसार हुम्लामा संस्थानले तोकेको र निजी व्यापारीको मूल्यमा १६ रुपैयाँको अन्तर छ । ‘
सरकारले हुम्लाका लागि प्रतिकिलो ६१ रुपैयाँ निर्धारण गरेको छ ।
ताजाकोट गाउँपालिका प्रमुख बागडोल मल्लले अनुदानको चामल महँगोमा बिक्री गरेर जनतालाई अन्याय गरेको बताए ।
अनुदानकै चामल अचाक्ली महँगो भएपछि हुम्लामा ढुवानीकर्ताहरूले समेत चामल उठाएका छैनन् ।
— कान्तिपुर
FACEBOOK COMMENTS