काठमाण्डौँ — रेष्टुरेण्ट तथा बार एसोसिएसन नेपाल ९रेवान० ले रेष्टुरेण्टहरुमा लिइदै आएको १० प्रतिशत सेवा शुल्क हटाउने निर्णय गरेको छ।
रेवान काठमाडौं, पोखरा र सौराहाको सोमबार बसेको बैठकले बार तथा रेष्टुरेण्टहरुमा लगाउँदै आएको अतिरिक्त १० प्रतिशत सेवा शुल्क क्रमिकरुपमा हटाउने निर्णय गरेको हो।
बैठकपछि एक विज्ञप्ति जारी गर्दै उपभोक्ताको हित र अनुरोधलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको बताइएको छ।
यो निर्णय सँगै काठमाडौं, पोखरा र सौराहाका बार तथा रेष्टुरेण्टमा सेवा प्रयोग गरेबापत कुनै शुल्क नलिइने रेवानले जनाएको छ।
— नागरीक
FACEBOOK COMMENTS