काठमाण्डौँ — सरकारले विदेशमा कार्यरत सबै नेपालीलाई सञ्चय कोषको दायरामा ल्याउने भएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र सञ्चय कोषको संयुक्त सहकार्यमा वैदेशिक रोजगारमा रहेका सबै नेपालीलाई सञ्चय कोषको दायरामा ल्याउने तयारी भएको हो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीमा प्राप्त रकमलाई उत्पादनशील क्षेत्रमा लगाउने उद्देश्यले ती श्रमिकका लागि सञ्चयकोषको व्यवस्था गर्न लागिएको जानकारी दिए।
मन्त्री विष्टले उक्त व्यवस्था सुरु गर्न छिट्टै कानुनी तथा नीतिगत व्यवस्था गरिने जानकारी दिए। ‘
मन्त्रालयका सचिव महेशप्रसाद दाहालले यो योजना प्रारम्भ भएपछि श्रम स्वीकृति गर्दाकै अवस्थामा ती व्यक्तिलाई योजनामा सूचीकृत गरिने जानकारी दिए।

— अन्नपुर्ण
