काठमाण्डौँ — कुखुराको दानाको मूल्यमा भारी वृद्धि भएको छ।
दाना उद्योगीको भेलाले प्रतिबोरा १५० का दरले दानाको मूल्य बढाएको हो।
दानामा प्रयोग हुने मुख्य कच्चा सामग्री मकै र भटमास पिनाको मूल्य बढेकाले दानाको मूल्य बढाइएको दाना उद्योग संघका केन्द्रीय अध्यक्ष रवीन पुरीले बताए।
तीन महिनाको अवधिमा ३ पटक दानाको मूल्य वृद्धि भएको छ। cc
पछिल्लो पटक आइतबारदेखि लागू हुने गरी अहिलेसम्मकै उच्च दरमा दानाको मूल्यमा वृद्धि गरिएको हो।
मंसिरमा ७५ रुपैयाँ वृद्धि गरिएको दानाको मूल्य, पुसमा १२५ र तेस्रो पटक माघ महिनामा १५० बढाइएको पुरीले बताए।
तीन महिनाको अवधिमा प्रतिबोरा ३७५ रुपैयाँले दानाको मूल्य बढेको उनले जानकारी दिए।
— नागरीक
FACEBOOK COMMENTS