असोज ३ ,काठमाडौँ । देशै भर विभिन्न कार्यक्रम गर्दै संविधान दिवस मनाईदै छ । संविधान दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मनाएको छ । । विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायतको उपस्थित थियो । संविधान दिवसकै दिन राजधानीका विभिन्न स्थानमा भने संविधानबिरुद्ध प्रदर्शन तथा जुलुसहरु निकालिएका छन्।
२०४७ सालको संविधान लागू गर्न माग गर्दै नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्ने जिकिर गरेर प्रदर्शन गरिरहेका छन् । राजधानीको माइतीघरबाट सुरु भएको एउटा प्रदर्शनमा राताम्ये नेपाली झण्डाहरु बोकेका प्रदर्शनकारीहरुले २०७२ सालको संविधान जलाएका छन् । संसद भवनकै अगाडि सविधान जलाएका छन् । विभिन्न बाजागाजा सहित नारा जुलुस गर्दै प्रदर्शन गरेका छन् । संविधान खारेजीको माग गरेका छन् ।उनीहरुले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहको तस्बिरहरु राखेर संविधानबिरुद्ध प्रदर्शन गरेका छन् ।
FACEBOOK COMMENTS