काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओमा २.८८ गुणा बढी आवेदन परेको छ । असोज २० गतेदेखि सेयर निष्काशन तथा बिक्री खुला भएको कम्पनीको सेयरमा हालसम्ममा सो मात्राको आवेदन परेको हो ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आज साढे ३ बजेसम्ममा १५ लाख ६२ हजार १८० जनाले २ अर्ब ३५ करोड ९२ लाख २९ हजार रुपैयाँ बराबरको आवेदन दिएका छन् । उनीहरुले कूल २ करोड ३५ लाख ९२ हजार २९० कित्ता सेयर माग गरेका हुन् । जुन संस्थाले सर्वसाधारणमा माग गरेको भन्दा २.८८ गुणा बढी हो ।
कम्पनीले कूल ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता सेयर निष्काशन गरेको हो । जसमध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ । र, बाँकी रहेको ८१ लाख ९० हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउने छन् ।
असोज २० गतेदेखि निष्काशन भएको सेयर असोज २५ गतेसम्ममा आवेदन दिन पाइने छ । यससँगै इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई बैंक रहेको छ भने प्रत्याभुतकर्तामा नागरिक लगानी कोष रहेको छ ।
FACEBOOK COMMENTS