विराटनगर । सुनसरीको इटहरी चोकमा रहेको सेन्टर प्लाजामा आगलागी भएको छ ।
इटहरीमा रहेको सेन्टर प्लाजामा चैत १३ गते बुधबार बिहान ९:३० बजेदेखि आगो लागेको हो ।आगलागी प्लाजामा रहेको होटलको बरन्डामा भएको र आगलागीको कारण खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ ।
इटहरी उपमहानगरपालिकाको दुई वटा दमकलको सहयोगमा नियन्त्रणको प्रयास भइरहेको प्रहरीले भनाई छ ।प्लाजाभित्र सिनेमा घर, होटल, बैंकका शाखा र पसलहरु रहेका छन् ।प्लाजाको पाँचौ तल्लामा आगलागी भइरहेको रआगलागी भएको तलाभन्दा माथिको तलामा केही मानिस फसेका छन् ।
प्रहरीका अनुसार आगलागी भइरहेको भवन सात तलाको छ । माथिल्लो तलामा फसेकाहरूको उद्धारको प्रयास भइरहेको छ ।
FACEBOOK COMMENTS