काठमाडौं । काठमाडौंबाट रामेछापको गुप्तेश्वर तर्फ जाँदै गरेको बस दोलखामा दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।
आज दोलखा भीमेश्वर नगरपालिका-८ चरङ्गेस्थित काठमाडौँ-चरिकोट लामासाघु सडक खण्डमा बा प्र ०१००६ ख ४८४३ नम्बरको बस दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार बसमा ३०-३५ जना यात्रु रहेका थिए । जसमा १३ जना घाइते भएका छन् । घाइतेहरूमा च्छो-रोल्पा अस्पतालमा २ जना, सामुदायिक अस्पतालमा २ जना, पशुपति चौलागाई स्मृति अस्पतालमा बालकसहित ४ जना गरी जम्मा ८ जना घाइतेहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये उपचार अवस्था २ जना गम्भीर रहेको छ भने ६ जनाको अवस्था मध्यम खालको रहेको छ । बाँकी ५ जना उपचार गरेर डिस्चार्ज भइसकेका छन् ।
प्रहरीले बस चालक २३ वर्षीय रामबहादुर खड्कालाई नियन्त्रणमा लिएको छ । खड्काका अनुसार इलेक्ट्रिक भ्यानले अकस्मात् ब्रेक हानेपछि त्यसलाई जोगाउन खोज्दा बस अनियन्त्रित भई सडकको बायाँ साइडमा पल्टिएको बताएका छन् ।
FACEBOOK COMMENTS