काठमाडौं । सर्लाहीमा गुडिरहेको अवस्थामा अनियन्त्रित भएर पोखरीमा खसेको कारबाट दुई जनको शव निकालिएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार गौशाला नगरपालिका-१० का कार चालक सुरेश महतो र सोनमा गाउँपालिका-८ का रामाकान्त ठाकुरको शव पोखरीबाट निकालिएको लेको हो ।
आज बिहान बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु२च ६७५८ नम्बरको कार सर्लाहीकै ईश्वरपुर नगरपालिका-२, मियाँखोरस्थित पोखरीमा खसेर डुबेको थियो ।
सशस्त्र प्रहरीको उद्धार टोलीले बिहान साढे ८ बजे उनीहरूको शव निकालेको हो ।
कारमा सवार तीन जनामध्ये गौशाला नगरपालिका-२ का जनक यादव भने पौडिएर सकुशल निस्किएका थिए ।
पोखरीमा डुबेको कार निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
FACEBOOK COMMENTS