काठमाडौं । गुडिरहेको ट्रक होटेलभित्र छिरेको छ । घटना पूर्वी नवलपरासीको हो ।
आज आइतबार बिहान ना ५ ख ८६७१ नम्बरको ट्रक जिल्लाको विनयीत्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने बजारमा टहरामा सञ्चालित होटेलभित्र छिरेको हो ।
मार्बल बोकेर नारायणगढबाट बुटवल जाँदै गरेको ट्रक ब्रेक फेल भएर धौलागिरि होटेल एण्ड लजमा छिरेको हो ।
प्रहरीका अनुसार उक्त होटेल पूर्ण रूपमा भत्किएको छ भने सँगै रहेको अर्को होटेलमा समेत आंशिक क्षति पुगेको छ ।
घटनामा मानवीय क्षति भएको छैन भने प्रहरीले ट्रकका चालक र सहचालक दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
FACEBOOK COMMENTS