काठमाडौँ । सनराइजर्स हैदरावादले जारी आइपिएलमा राजस्थान रोयल्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा सनराइजर्सले राजस्थानलाई ५७ रनले पराजित गरेको हो ।
सनराइजर्सले दिएको २१७ रनको लक्ष्य पछाएको राजस्थानले १९ ओभरमा अल आउट हुदै १५९ रन बनाएको थियो । राजस्थानका लागि डोनोभान फेरेइराले सर्बाधिक ६९ रन बनाएका थिए भने रविन्द्र जडेजाले ४५ रन बनाएका थिए ।
त्यस्तै सनराइजर्सका बलर प्रफुल हिंगे र सकिब हुसैनले ४-४ विकेट लिएका थिए भने एसहान मालिंगाले २ विकेट लिएका थिए । प्रफुल र सकिब दुवैको यो आइपिएलमा डेभ्यु खेल हो ।
यसअघि पहिला ब्याटिंग गरेको सनराइजर्सले इशान किशनको ९१ र हेईनरिच क्लासेनको ४० रनको सहयोगमा २० ओभरमा ६ विकेट गुमाउदै २१६ रन बनाएको थियो ।
यो जितपछि सनराइजर्सको ५ खेलमा ४ अंक भएको छ भने राजस्थानको ५ खेलमा ८ अंक रहेको छ ।
