काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी नजिकै ठूलो दुर्घटना भएको छ ।
सातदोबाटोबाट कोटेश्वरतर्फ आउँदै गरेको बा.१४ च ४८२० नम्बरको कारले ४ वटा मोटरसाइकललाई ठक्कर दिएको हो । दुर्घटनामा परेर ५ जना घाइते भएका छन् ।
घाइतेहरुको ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा उपचार भइरहेको छ ।
कार चालक सिनामंगल बस्ने ४५ वर्षीय भीष्म श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
