काठमाडौं, २१ भदौ । भारतमा पछिल्लो २४ घण्टामा ३८ हजार ९४८ कोराना भाइरस संक्रमित थपिएका छन्। यस्तै, ४३ हजार ९०३ जना संक्रमण मुक्त भएका छन्। यससँगै भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ४ लाख ४ हजार ८७४ पुगेको छ।
संक्रमणका कारण थप २१९ जनाको मृत्यु भएको छ। भारतमा हालसम्म संक्रमणका कारण ४ लाख ४० हजार ७४२ जनाको मृत्यु भइसकेको छ।
FACEBOOK COMMENTS