काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्त वित्तीय संस्थाले मर्जर प्रस्ताव पारित गर्न चैत ९ गते साधारण सभा बोलाएका छन् ।
दुवै संस्था १ः०.८८ सेयर स्वाप अनुपातमा मर्ज हुन लागेका छन् । जाल्पा सामुदायिक लघुवित्तले दि एसआर होटल तिलोत्तमा रुपन्देहीमा र किसान लघुवित्तले ताज प्यालेस, स्पेशियल चोक गल्फुटार, काठमाडौंमा सभा बोलाएको छ ।
दुवै संस्थाले आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश नदिने भएका छन् । किसान र जाल्पा सामुदायिक लघुवित्तले एकआपसमा गाभ्ने गाभिने प्रस्ताव पारित गर्ने छन् ।
FACEBOOK COMMENTS