काठमाडौं । नेपालका लागि महिन्द्रा अटोमोबाइल र ट्रयाक्टरहरूको अधिकृत वितरक अग्नी ग्रुपले ‘महिन्द्रा उत्सव २०२३’ विशेष योजनाका पुरस्कार विजेताहरूको नाम घोषणा गरेको छ ।
आज आयोजित विशेष कार्यक्रममार्फत कम्पनीले तीन जना भाग्यशाली विजेताहरूको नाम घोषणा गरेको हो । जस अनुसार वीरगन्ज निवासी आदेश कुँवरले महिन्द्रा इलेक्ट्रिक तीन पांग्रे रिक्सा–ट्रियो यारी, बिर्तामोड निवासी मिसेक फयाकले जावा–फोर्टी–टू मोटरसाइकल, दोलखाको चरिकोटस्थित देवकोटा निर्माण सेवा प्रालिले पाँच केभीए महिन्द्रा पावरोल जेनेरेटर जितेका छन् ।
कम्पनीले विश्वकर्मा पूजा, दसैं, तिहार र छठ पूजालाई लक्षित गरी ‘महिन्द्रा उत्सव २०२३’ विशेष योजना लागू गरेको थियो । आज आयोजित कार्यक्रममा महिला राष्ट्रिय भलिबल खेलाडी सशस्त्र प्रहरी बल, नेपालकी सरस्वती चौधरी, अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, महिन्द्रा एन्ड महिन्द्रा इन्डियाबाट नेपालका लागि कन्ट्री म्यानेजर रक्क्षित राय, महिन्द्रा र महिन्द्रा लास्ट माइल मोबिलिटीका प्रतिनिधि दिपक कुमार, अग्नी ग्रुपका उपनिर्देशक बरदान बस्नेतका साथै स्थानीयको उपस्थितिमा विजेताहरुको नामावली सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।
भाग्यशाली विजेताहरूलाई स्थानीय कार्यक्रममार्फत उपहार प्रदान गरिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अफरोड ट्रयाकमा यस्तो देखियो एमजी४ ईभीको ‘स्ट्रेन्थ टेस्ट’ (फोटो फिचर)
FACEBOOK COMMENTS