काठमाडौं । कामना सेवा विकास बैंक र सीडीएससीबीच निक्षेप सदस्यतासम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतासँगै अब कामना सेवा विकास बैंकले पनि निक्षेप सदस्यको हैसियतले सर्वसाधारणलाई सेवासुविधा उपलब्ध गराउने भएको छ ।
पुतलीसडकस्थित सीडीएससीको कार्यालयमा एक कार्यक्रम आयोजना गरी सीडीएससीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आर्चाय तथा बैैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
हाल सीडीएससीबाट ७८ वटा संस्थाहरुले निक्षेप सदस्यता प्राप्त गरेका छन् । बैंकले निक्षेप सदस्यसम्बन्धी कार्यहरु शीघ्र सञ्चालनमा ल्याउने योजना बनाएको छ ।
FACEBOOK COMMENTS