काठमाडौं । नेपालको प्रतिष्ठित साइबर सुरक्षा कम्पनी वान कभर प्रालि र प्रसिद्ध एडु–टेक प्लेटफर्म दूरशिक्षा एजुकेशन नेटवर्कले संयुक्त रूपमा ’एआई फर अल’ जान्ने एआईदेखि प्रयोग गर्ने एआईसम्म नामक पहल सुरु गरेका छन्।
यो कार्यक्रम नेपालका विद्यार्थी, पेशेवर र संस्थाहरूलाई व्यावहारिक एआई साक्षरता प्रदान गरी सशक्त बनाउने उद्देश्यले ल्याइएको हो।
सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्ने लक्ष्य:
कम्पनीका अनुसार एआईका बारेमा सचेत हुनु र यसलाई वास्तविक जीवनमा प्रयोग गर्न जान्नु फरक कुरा हुन् भन्ने तथ्यलाई मध्यनजर गर्दै यो कार्यक्रमले प्रयोगात्मक सिकाइ, वास्तविक प्रयोगका उदाहरण (युज केसेस), र जिम्मेवारपूर्ण एआई अवलम्बनमा जोड दिएको छ। यसले सहभागीहरूलाई शैक्षिक क्षेत्र, इन्टर्नशिप र व्यावसायिक वातावरणमा आत्मविश्वासका साथ एआई उपकरणहरू प्रयोग गर्न सिकाउँछ।
‘जम्पस्टार्ट एआई’ १५ घण्टे विशेष प्याकेज:

यस अभियानको मुख्य आकर्षण जम्पस्टार्ट एआई कार्यक्रम हो। यो १५ घण्टाको संरचित पाठ्यक्रम हो, जसलाई दुई प्रमुख मोड्युलमा विभाजन गरिएको छ:

मोड्युल १ (७.५ घण्टा): एआई र प्रम्प्ट फाउन्डेसन।
मोड्युल २ (७.५ घण्टा): एआई सञ्चारका लागि अङ्ग्रेजी।

वान कभर प्रालिका सिइओ चिरञ्जीवी अधिकारीले यो पहलले नेपालको बढ्दो सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा क्षमता अभिवृद्धि र डिजिटल रूपान्तरणका लागि सहयोग पुर्याउने बताए।

त्यस्तै, दूरशिक्षा एजुकेशन नेटवर्कका सिइओ कृष्ण पाण्डेले साइबर सुरक्षा कम्पनीसँगको यो सहकार्यले विद्यार्थीहरूलाई सुरक्षित र वास्तविक साङ्गठनिक वातावरणमा एआई कसरी प्रयोग हुन्छ भन्ने कुराको प्रत्यक्ष अनुभव गराउने कुरामा जोड दिए।

कार्यक्रमका मुख्य विशेषताहरू:
मिश्रित सिकाइ विधि: ५० प्रतिशत प्रशिक्षकद्वारा नेतृत्व गरिएको सत्र, ३० प्रतिशत व्यवहारिक अभ्यास र २० प्रतिशत स्व–अध्ययन।
प्रमाणीकरण: सफलतापूर्वक पाठ्यक्रम पूरा गरेपछि एचसीएलटेक बाट प्रमाणपत्र प्राप्त हुने।
विज्ञद्वारा तयार: एचसीएलटेक का विषय विज्ञहरू र उद्योगका पेशेवरहरूद्वारा डिजाइन गरिएको।
समावेशी: प्राविधिक वा अप्राविधिक जुनसुकै संकायका विद्यार्थी र पेशेवरहरू सहभागी हुन सक्ने।
कसरी सहभागी हुने?
यो कार्यक्रममा सहभागी हुन चाहने इच्छुक व्यक्तिहरूले आधिकारिक लिङ्क यलभअयखभचलभउब.िअयm/बषयचबिि मार्फत दर्ता गर्न सक्नेछन्।
FACEBOOK COMMENTS