काठमाडौं । थाइल्याण्डमा एअर इण्डियाको विमानले आपतकालीन अवतरण गरेको छ । मिडिया रिपोर्टका अनुसार बमको धम्की पाएपछि उडानको आपतकालीन अवतरण गरिएको थियो ।
एअर इण्डियाको उडान नम्बर ३७९ थाइल्याण्डको फुकेटबाट दिल्ली आउँदै थियो । विमानमा १५६ यात्रु सवार थिए ।
फुकेटबाट भारतको राजधानी नयाँ दिल्ली आउँदै गरेको एअर इण्डियाको विमानले शुक्रबार बमको धम्की पाएको थियो । फ्लाइट ट्र्याकर फ्लाइटराडार २४ का अनुसार विमानले दिउँसो १२:४० बजे दिल्लीमा अवतरण गर्नुपर्ने थियो । तर, अण्डमान सागरको वरिपरि घुमेपछि विमान बिहान ११:४० बजे फुकेट अन्तर्राष्ट्रिय विमानस्थलमा फिर्ता अवतरण गराइएको थियो ।
विमानको आपतकालीन अवतरणपछि अधिकारीहरूले सम्पूर्ण विमान खाली गरेर अनुसन्धान सुरू गरेको बताइएको छ ।
FACEBOOK COMMENTS