काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।
उनीहरुविरुद्ध शोभा भनिने जानुका पाठकले ज्यान मार्ने उद्योगमा जाहेरी दिएकी थिइन् ।
जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको एकल इजलासले विहीवार अम्बिका बस्नेत र शर्मिला बस्नेतलाई ५० हजार र अन्य ८ जनालाई २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।महेश बस्नेत पत्नीसहित सबैजना प्रहरीको हिरासतबाटै अदालतमा उपस्थित गराइएका थिए ।
२५ हजार धरौटी माग गरिएकाहरु निम्न बमोजिम छन् ।
गिता पण्डित, प्रगति थापा, सोनु बराल, जानुका बस्नेत,रेखा न्यौपाने,सबिना केसी ,कमला बस्नेत ,निता खत्री
