काठमाडौं । अमेरिकाले नेपाललाई २६३ रनको लक्ष्य दिएको छ ।
आइसीसी क्रिकेट विश्वकप लिग( २ अन्तर्गतको त्रिकोणात्मक सिरिज अन्तर्गत पहिलो खेलमा टस हारेर पहिला ब्याटिंग गरेको अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाउदै २६२ रन बनाएको हो ।
अमेरिकाका लागि स्मित पटेलले सर्बाधिक ७५ रन बनाए भने मिलिन्द कुमारले अविजित ७० रन बनाए । त्यस्तै साइतेजा मुक्कामल्लाले ४२ रन, सुभम रनजानेले १९ र हरमित सिंहले अविजित १६ रन बनाएका थिए ।
त्यस्तै नेपाली बलर सन्दीप लामिछानेले २ विकेट लिए भने सोमपाल कामी, आरिफ सेख र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिए ।
FACEBOOK COMMENTS