काठमाडौं । सिद्धार्थ बैंकले ग्राहकको वित्तीय सुरक्षा र प्रणालीको स्थिरता कायम गर्न मनीपाल टेक्नोलोजिज लिमिटेडसँग सम्झौता गरेको छ । यो सहकार्यले एंटी मनी लाउन्डरिंग (एएमएल) प्रविधिलाई सुदृढ बनाई नेपाल राष्ट्र बैंकको नियामकीय मापदण्ड पूरा गर्दै वित्तीय अपराधको जोखिम घटाउने लक्ष्य राखेको छ ।
यो प्रणालीले कृत्रिम बुद्धिमत्ता (एआई) र मेसिन लर्निङ (एमएल) को प्रयोग गरी कारोबार अनुगमन, ठगी नियन्त्रण र ग्राहक पहिचान प्रक्रियालाई प्रभावकारी बनाउनेछ । सिद्धार्थ बैंकले यो पहलमार्फत अवैध सम्पत्ति शुद्धिकरण न्यूनीकरण प्रणालीलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने योजना बनाएको छ ।
बैंकले यो सहकार्यबाट बैंकिङ क्षेत्रमा नयाँ मापदण्ड स्थापित हुने अपेक्षा गरेको छ । यसले वित्तीय प्रणालीलाई सुरक्षित र पारदर्शी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
FACEBOOK COMMENTS