काठमाडाैं । ज्योति विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले काठमाडौंको नयाँबजारस्थित ‘डेकोर प्यालेस’ सँग विशेष छुट सम्झौता गरेको छ।
यो सम्झौताअनुसार, बैंकका ग्राहकहरूले डेकोर प्यालेसमा फर्निचर, सोफा, कार्पेटलगायतका गुणस्तरीय सामग्रीमा १५% सम्म छुट पाउनेछन्। घर र अफिसका लागि आवश्यक सम्पूर्ण सामग्री उपलब्ध गराउने यो शोरुमसँगको सहकार्यले ग्राहकको जीवनस्तर उकास्ने बैंकको लक्ष्यलाई बल पुर्याएको छ।
यसअघि, बैंकले नगरकोटका चर्चित रिसोर्टहरू ‘क्लब हिमालय’ र ‘होटल हिमालयन भिल्ला’ मा पनि १०% छुटको सुविधा प्रदान गर्ने सम्झौता गरिसकेको छ। ग्राहक सुविधालाई प्राथमिकतामा राख्दै विभिन्न व्यवसायहरूसँग सहकार्य गर्दै आएको ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्वलाई पनि उत्तिकै जोड दिएको छ। बैंकले आफ्नो मुनाफाको ठूलो हिस्सा सामाजिक कार्यमा लगानी गर्दै आएको छ, जुन नेपालका अन्य बैंक तथा वित्तीय संस्थाहरूको तुलनामा ५०% बढी हो।
नवजात शिशुको जीवन रक्षामा पनि बैंकको योगदान उल्लेखनीय छ। ५४ वटा न्यानो नानीमार्फत हरेक वर्ष १९९८ भन्दा बढी शिशुको जीवन जोगाउन सफल भएको यो बैंकले स्वास्थ्य र सुदृढ जनशक्तिलाई राष्ट्र निर्माणको आधार मानेको छ। गत आर्थिक वर्षमा रु. ४० करोड र चालु वर्षको पौष मसान्तसम्म रु. १५ करोड कर तिरेर राष्ट्रप्रति आफ्नो दायित्व पूरा गरेको छ।
हाल १२१ शाखा, ३ विस्तारित काउन्टर र ७५ एटीएममार्फत सेवा दिँदै आएको ज्योति विकास बैंकले समाजमा सकारात्मक परिवर्तनको संवाहक बन्ने प्रतिबद्धता दोहोर्याएको छ।
